‘मिस युनिभर्स नेपाल’ भन्छिन्: बालश्रम अन्त्य गर्न आजाव उठाउँछु
काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि जितेको सान्या अधिकारीले बालश्रम अन्त्य गर्न आफूले सक्ने भूमिका खेल्ने बताएकी छन् ।
बुधबारको ग्रान्ड फिनालेमा मिस युनिभर्स नेपालको उपाधि जितेकी उनले अब थाइल्याण्डमा हुने मिस युनिभर्सको प्लाटफर्ममा आफूले नेपालमा भइरहेको बालश्रम अन्त्यको आवाज उठाउने बताइन ।
नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालयसँग मिलेर बालश्रम अन्त्यको लागि कार्य गर्ने योजना पनि उनले सुनाएकी छन् । यो विश्वले सुन्ने प्लेटफार्म हो भन्दै उनले अब सारालाई नेपाली समस्या समाधान भएको सन्देश दिन लागि पर्ने बताइन् । उनले भनेकी छन्, ‘मिस युनिभर्स प्लाटफर्मबाट मैले जे भ्वाइस उठाउँछु, त्यो नेपालले मात्र होइन, सारा संसारले सुन्छ ।’
उनले आउँदो मिस युनिभर्सममा नेपाललाई शीर्षस्थानमा लैजान र चिनाउन मिहेनत गर्ने समेत बताइन् ।
Facebook Comment