‘चुना लाएर’ गीतको म्युजिक भिडियो सार्वजनिक, इशा परियारको आकर्षक नृत्यले खिच्यो ध्यान

काठमाडौं । सिम्रन परियारको स्वरमा सजिएको नयाँ गीत ‘चुना लाएर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीतमा तयार भएको यो गीतले दर्शकमाझ छुट्टै रोचकता थपेको छ।

भिडियोमा लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशा परियारले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्। उनले यसअघि नायक पल शाहसँगको चर्चित गीत ‘डार्लिङ डार्लिङ’ मा पनि अभिनय गरिसकेकी थिइन्। एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो उपस्थिति जनाइसकेकी इशाको मेहनत यस भिडियोमा झन् स्पष्ट महसुस गर्न सकिन्छ।

यस भिडियोमा इशासँगै विशाल कैनी, रमेश अधिकारी, रमेश बुढाथोकी र दीपेन्द्र कुँवरको अभिनय पनि देख्न सकिन्छ। विशाल कैनीकै कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

एक युवतीको बदलाको कथालाई प्रस्तुत गरिएको यस भिडियोले संगीतप्रेमी र दर्शकलाई भावनात्मक स्पर्श गर्ने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *