पृथ्वी राजमार्गमा पहिरो हटाइँदै, दुई दिनपछि मात्र सहज आवागमन हुने अनुमान

काठमाडौं । काठमाडौंलाई देशका विभिन्न भूभागसँग जोड्ने मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गमा खसेका पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ । धादिङको नौबिसे मुग्लिन खण्डमा खसेका सबै पहिरो हटाइए पनि अझै सवारीसाधनको लामो लाइनका कारण आवागमन सहज हुन सकेको छैन ।

मंगलबार राति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजमार्ग ठप्प भएको थियो । डोजर प्रयोग गरेर मध्यरातमै सडक आंशिक रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तर, मुग्लिन नारायणगढ खण्डअन्तर्गत तुइन खोलामा खसेको ठूलो पहिरो अझै पूर्णरूपमा पन्छाउन बाँकी छ । बुधबार बेलुकी वर्षाका कारण रोकिएको कार्य बिहीबार बिहानैदेखि फेरि शुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सम्पूर्ण पहिरो हटाएर राजमार्गलाई पूर्ण रूपमा सहज बनाउन कम्तीमा दुई दिन लाग्ने अनुमान गरिएको छ । यात्रु र सवारी चालकलाई धैर्यपूर्वक प्रतीक्षा गर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *