पूर्व–मध्य नेपालमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य स्थानभन्दा केही दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराईका अन्य भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहनेछ । साथै, यिनै प्रदेशका थोरै स्थानमा र अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा पर्ने पूर्वानुमान गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *