६५ हजारभन्दा बढीको मृत्युपछि पनि युद्धविराम प्रस्ताव अमेरिकाले अस्वीकार

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा गाजासम्बन्धी युद्धविराम प्रस्तावमा फेरि एकपटक भिटो प्रयोग गरेको छ ।

सुरक्षा परिषद्को बैठकमा गाजामा तत्काल तथा स्थायी युद्धविरामको माग गर्दै बन्धकहरूको रिहाइसमेत समेटिएको प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको हो । अमेरिकाले यसअघि पनि यस्तै प्रस्तावमा पाँच पटक भिटो प्रयोग गरिसकेको छ, यसपालि भने यो छैटौँ पटक भएको हो ।

सुरक्षा परिषद्को अन्य १४ सदस्य राष्ट्रहरूले भने प्रस्तावको समर्थनमा मतदान गरेका थिए । प्रस्तावले गाजाको अवस्थालाई “विपत्तिजनक” भन्दै इजरायललाई सबै प्रकारका राहत प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

संयुक्त राष्ट्रसंघले इजरायलले सैन्य आक्रमण तीव्र पारेसँगै गाजा सहरको अन्तिम जीवनरेखा समेत भाँचिन सक्ने चेतावनी दिइरहेको बेला अमेरिकाले यस्तो कदम चालेको हो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली आक्रमणका कारण ६५ हजार १४१ जनाले ज्यान गुमाइसकेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *