संविधान दिवस २०८२ : राष्ट्रपति पौडेलको आतिथ्यमा टुँडिखेलमा मूल समारोह

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमसहित मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बिहान ८ः३० बजे टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह आयोजना भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ ।

हालको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका अन्य आकर्षक प्रस्तुतिहरू भने स्थगित भएका छन् ।

संविधान दिवस नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा हरेक वर्ष मनाइन्छ । नेपालको संविधान २०७२ असोज ३ गते तत्कालीन संविधानसभाबाट घोषणा गरिएको थियो । दोस्रो संविधानसभाले लामो विवाद, छलफल र अथक प्रयासपछि संविधान जारी गरेको हो ।

त्यो ऐतिहासिक क्षणमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकस्थलबाट नेपालको संविधान, २०७२ जारी भएको घोषणा गरेका थिए ।
यस दिवसलाई मुलुकको राजनीतिक र लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण उपलब्धिको रूपमा स्मरण गर्ने गरिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *