मनसुन अझै सक्रिय : धेरै स्थानमा वर्षा, बाहिरिन अझै समय लाग्ने
काठमाडौं । गएराति देशका धेरै स्थानमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ भने अन्य प्रदेशका एक दुई स्थानमा पनि वर्षा भएको छ ।
आज दिउँसो पनि मौसम बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।
महाशाखाका मौसमविद् का अनुसार यो वर्ष मनसुन बाहिरिन अझै केही समय लाग्ने देखिएको छ । उनका अनुसार भारतमा मनसुन औसत मितिभन्दा करिब दुई दिन छिटो बाहिरिँदैछ भने नेपालमा भने सामान्यतया अक्टोबर २ तारिखसम्म मनसुन सक्रिय रहन्छ । यस वर्ष भने मनसुन सरदर समयभन्दा १५ दिन अगावै, जुन १३ तारिखमै प्रवेश गरेको थियो ।
यसका कारण केही दिन अझै वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूको अनुमान छ ।
Facebook Comment