संशोधित तालिकाअनुसार कक्षा १२ पूरक परीक्षा असोज ७ देखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा तालिका सार्वजनिक गरिएको थियो, तर देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बोर्डले परीक्षा तालिका संशोधन गरी नयाँ तालिका सार्वजनिक गरेको हो।

बोर्डले जनाएको छ, असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि यस दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा सञ्चालन हुनेछ। दुई विषयको परीक्षा दिने परीक्षार्थीका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा पहिलो दिन (अङ्ग्रेजी) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा सञ्चालन हुनेछ।

असोज ८ गते, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिनेछ। यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा पनि हुने बोर्डले जनाएको छ। बोर्डले परीक्षा केन्द्रहरू पहिल्यै निर्धारण गरिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *