रामेश्वर खनाल अर्थमन्त्रीसहित तीन मन्त्रालयको नेतृत्वमा

काठमाडौं । नयाँ अर्थमन्त्रीका रूपमा रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आजै विशेष मन्त्रिपरिषद् विस्तार गर्दै खनालसहित तीन जनालाई मन्त्रिपरिषद्मा सहभागी गराएकी थिइन् । राष्ट्रपति निवासमा आयोजित औपचारिक समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

खनाललाई अर्थ मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ । नयाँ जिम्मेवारीसँगै उनले मुलुकको आर्थिक व्यवस्थापन र पूर्वाधार विकासमा नीतिगत गतिशीलता ल्याउने अपेक्षा गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *