प्रहरी पोशाक र सुरक्षा सामग्री देखेमा तत्काल जानकारी दिन सशस्त्र प्रहरीले आग्रह गर्यो
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरीको पोशाकसहित अन्य सुरक्षा सामग्री लुकाइ राखिएको वा दुरुपयोग भएको सूचना पाएमा तत्काल नजिकको सशस्त्र प्रहरी एकाइमा जानकारी दिन आग्रह गरेको छ ।
आइतबार प्रधान कार्यालय, हलचोकले सूचना जारी गर्दै प्रहरी पोशाक वा सुरक्षा सामग्री प्रयोग गरिएको वा लुकाइ राखिएको खवर पाएमा नजिकको सशस्त्र प्रहरी बल, टोल–फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेको हो ।
सशस्त्र प्रहरीले हालैको ‘जेनजी’ प्रदर्शनका क्रममा सुरक्षा निकायबाट नियन्त्रणमा रहेका केही सामग्री दुरुपयोग भई सामाजिक सञ्जालमा फोटो र भिडियो देखिन थालेपछि यस्तो सूचना सार्वजनिक गरेको हो ।
सूचना अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनपछि हतियार, गोली, पोशाक, सञ्चार साधनसहितका सामग्रीहरू फिर्ता आउने क्रम भने जारी रहेको छ ।
Facebook Comment