प्रतिनिधिसभा विघटन, फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपतिले भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरेका हुन्।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा जारी विज्ञप्तिमा आगामी फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको उल्लेख छ।
विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा कार्यकाल पूरा नगरी विघटनमा पुगेको हो। राजनीतिक परिस्थितिमा आएको नयाँ मोडसँगै संसद् विघटन गरी निर्वाचनमा जाने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
Facebook Comment