जेनजी प्रदर्शनमा मृत चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । जेनजी युवाहरूले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम पश्चात् अभिभावकहरूले युवाहरूलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका थिए। अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्तहरू भावविह्वल देखिएका थिए।

यस्तै, यही भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या हालसम्म ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *