सिंहदरबार जलेपछि प्रधानमन्त्रीको नयाँ कार्यकक्ष गृह मन्त्रालय भवनमा

काठमाडौं । अन्तरिम सरकार गठनको तयारीसँगै नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्षको व्यवस्था गृह मन्त्रालयको निर्माणाधीन भवनमा गरिएको छ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर ध्वस्त भएपछि वैकल्पिक कार्यस्थलको खोजी गरिएको थियो। हाल सिंहदरबारभित्रै अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा प्रयोग गर्न लागिएको हो।

यसका लागि आवश्यक सामग्री व्यवस्थापन र सरसफाइ सम्पन्न गरिएको छ। आन्दोलनका क्रममा अन्य सरकारी भवन जलाइए पनि निर्माणाधीन यो भवन भने सुरक्षित रहेको थियो।

यसअघि सिंहदरबारको मुख्य भवनमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *