२४ घण्टामै १५ लाख विश्वकप टिकट आवेदन
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ घण्टाभित्रै सन् २०२६ को विश्वकपका लागि १५ लाखभन्दा बढी टिकट आवेदन प्राप्त गरेको जनाएको छ।
फिफाका अनुसार, ‘प्रिसेल ड्र’ सुरू भएको पहिलो २४ घण्टामै २१० वटा देशका समर्थकहरूले टिकटका लागि आवेदन दिएका हुन्।
टिकटको माग मुख्यतया अमेरिका, मेक्सिको, क्यानडा, अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, इङ्ग्ल्यान्ड, स्पेन, पोर्चुगल र जर्मनीबाट आएको छ।
आवेदन दिएका दर्शकहरूलाई आगामी सेप्टेम्बर २९ देखि इमेलमार्फत जानकारी दिइनेछ भने अक्टोबर १ देखि तोकिएको समय स्लॉट अनुसार टिकट खरिद प्रक्रिया शुरू हुनेछ।
सन् २०२६ को विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाका १६ शहरमा आयोजना हुने तय भएको छ।
Facebook Comment