रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु लागू हुने

काठमाडौं । रौतहटका जिल्ला प्रमुख अधिकारी विकुमार खड्काले शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने जानकारी दिएका हुन्।

अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र समय तोकिएको छ। निषेधाज्ञा वा कर्फ्यु अवधिमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर–पर्चा टाँस्ने वा लेख्ने तथा शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि गर्न रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *