यो विषम परिस्थितिमा धैर्य र संयमता अपनाऔँ: ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गरे । ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले भनेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पति, राजनीतिक दलका कार्यलय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पतिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा र भत्सर्ना गरेका छन् ।
उनले लेखेका छन्,
जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सन्जालमाथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रीत आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति सबैको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । आन्दोलनका क्रमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्घान्जली व्यक्त गर्दछु ।
शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु ।
आन्दोलनमा भएको अस्वभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठूलो क्षति , सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न ।
यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीमाथि कडा कानूनी कारवाही गरिनुपर्छ । साथै, भविष्यमा यस्ता दुस्खद वघटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।
यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन, समाजमा शान्ति, अमनचयन र सामाजिक वसद्भावका लागि सबैको पहल र प्रयत्न आवश्यक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु । विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नु अहिलेको आवश्यकता हो ।
Facebook Comment