जेलबाट निस्किए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् ।

उनलाई रास्वपाका सांसदहरू सामूहिक राजीनामा दिएर भेट्न जेल पुगेका थिए । पछि जेनजी प्रदर्शनमा उत्रिएकाहरू पनि जेल पुगेपछि प्रहरीले सुरक्षा दिन नसकेर श्रीमती निकिताको जिम्मा लगाएर पठाएको रास्वपाले जनाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले पनि सामाजिक सञ्जालमा रविसँगको तस्बिर राख्दै ‘जय होस!’ भनेका छन् ।

सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *