रास्वपाले आकस्मिक बैठक बोलायो: जेनजी प्रदर्शन र दमनबारे छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीमा जारी जेनजी प्रदर्शन र त्यसमा भएको दमनबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ।
प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठक आज दिउँसो ४ बजे बोलाइएको हो। झाका अनुसार, “जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।”
गत दिन संसद् भवन घेराउ गरेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। घाइतेहरूलाई सिभिल अस्पतालसहित अन्य अस्पतालहरूमा उपचारका लागि लगिएको छ।
नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भए पनि प्रदर्शनकारी आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका छन्।
Facebook Comment