जेनजी आन्दोलनमा प्रहरीको गोली : एक प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते उपचाररत

काठमाडौं । राजधानीमा जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलन प्रहरीसँगको झडपमा हिंस्रक बन्दै गएपछि गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

घाइते प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको अस्पतालका निर्देशक मोहन रेग्मीले पुष्टि गरेका छन्।

रेग्मीका अनुसार हाल ७०–८० जना घाइतेहरू अस्पतालमा उपचाररत छन्। मृतकको परिचय खुल्न बाँकी रहेको र विस्तृत विवरण आउनेक्रममा रहेको प्रशासनले जनाएको छ।

आन्दोलन चर्किँदै जाँदा राजधानीमा सुरक्षा अवस्था थप कडा पारिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *