जेनजीको ‘साइबर प्रदर्शन’ : सरकारीदेखि निजी संस्थासम्मका वेबसाइट ह्याक

काठमाडौं । देशभर भ्रष्टाचारविरोधी प्रदर्शनमा उत्रिरहेका जेनजी युवाहरूले अब ‘साइबर स्पेस’ पनि आन्दोलनको केन्द्र बनाएका छन्। सोमबार केही समूहले सरकारी तथा निजी संस्थाका वेबसाइट ह्याक गरी आफ्ना नाराहरू सार्वजनिक गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयको आधिकारिक वेबसाइट ह्याक गरेर उनीहरूले “जेनजी राइजिङ नेपाल” ह्यासट्यागसहित बानेश्वरमा हुने प्रदर्शनमा सहभागी हुन युवालाई आह्वान गरेका छन्।

त्यस्तै, पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाललगायतका अन्य संस्थाका वेबसाइट पनि ह्याकरहरूको निशानामा परेका छन्।

जेन–जी पुस्ताले सडकमा मात्र नभई डिजिटल प्लेटफर्ममै आन्दोलनको स्वर बुलन्द गरेपछि सरकारले यसलाई गम्भीर रूपमा लिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *