एमाले निर्वाचन आयोगको नेतृत्वमा पुनः विजय सुब्बा, झण्डाको रंगमा ऐतिहासिक परिवर्तन
काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशनले पुनः डा. विजय सुब्बालाई पार्टी निर्वाचन आयोगको प्रमुखको जिम्मेवारी दिएको छ । पहिलो विधान महाधिवेशनमा समेत सुब्बाकै नेतृत्वमा आयोग गठन भएको थियो ।
सुब्बाको अध्यक्षतामा निर्वाचन आयोगमा २५ सदस्य रहनेछन् भने, उपप्रमुख सानुराजा पोखरेल र सचिव कुन्साङ लामा पनि निरन्तरता पाएका छन् ।
यसैबीच, एमालेले स्थापनाको ७५ वर्षपछि पहिलोपटक आफ्नो झण्डाको रंगमा ऐतिहासिक परिवर्तन गरेको छ । अबदेखि पार्टीको झण्डा रातो पृष्ठभूमिमा सुनौलो रंगको हसिया–हथौडासहित रहनेछ ।
सामान्यतया नेपालका कम्युनिष्ट पार्टीहरूले सेतो रंगको हसिया–हथौडा प्रयोग गर्ने परम्परा रहेको छ । तर, एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रयोग गर्ने पहेंलो रंगको प्रतीकसँग मिल्दोजुल्दो झण्डा रोज्दै नयाँ पहिचान निर्माण गर्ने निर्णय गरेको छ ।
Facebook Comment