बालेनको आग्रह : “Gen Z को आवाज सुन्नुस्, बाठो नबन्नुस्”
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी विरोध र्यालीमा सहभागी हुन लागिरहेका जेन जेड (Gen Z) पुस्ताको पक्षमा स्पष्ट समर्थन जनाएका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सोमबार देशभरका युवा सडकमा उत्रिन लागेका बेला मेयर बालेनले फेसबुकमार्फत् युवाहरूको आवाजलाई सम्मान गर्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, “भोलिको र्याली स्वतःस्फूर्त रूपमा Gen Z को हो। उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ। म पनि उनीहरूको नजरमा ‘बुढो’ देखिन सक्छु। तर उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मलाई मन छ। यस र्यालीलाई कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थका लागि उपयोग गर्न खोज्नु हुँदैन। म उमेरका कारण प्रत्यक्ष सहभागी हुन सक्दिनँ, तर उहाँहरूको कुरा बुझ्न र समर्थन गर्न तयार छु।”
बालेनले थप्दै युवा पुस्तालाई प्रश्न गरेका छन्, “प्रिय Gen Z, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”
सोमबारको देशव्यापी विरोध प्रदर्शन जेन जेड पुस्ताले स्वतन्त्र र भविष्यमुखी सोचका साथ आयोजना गर्न लागेका हुन्।
Facebook Comment