छोराको न्यायको मागमा आमाको संघर्ष : माइतीघरमा धर्नामा बसिन् राजमती कोली
काठमाडौं । बैतडीकी राजमती कोली चार दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेकी छन्। उनले आफ्ना मृतक छोरा किरण कोलीको न्यायका लागि राजधानीमा विरोध प्रदर्शन गरिरहेकी हुन्।
राजमतीका अनुसार, किरणको मृत्यु साउन १७ गते भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले पेट्रोलपम्प निर्माणका लागि गिरीबगडस्थित चमेलिया खोलाबाट अवैध रूपमा निकालिएको बालुवाको थुप्रोमा चढ्दा करेन्ट लागेर किरणको ज्यान गएको हो।
Facebook Comment