बैंकिङ प्रणालीमा तरलता बढ्दा राष्ट्र बैंकको कदम: २५ अर्ब रुपैयाँ बजारबाट खिचिँदै
काठमाडौं । हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता (नगद) जमामा भएको छ। कर्जाको माग अपेक्षाकृत कम हुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको हो। यसले मौद्रिक सन्तुलनमा असर पार्न सक्ने भएकाले नेपाल राष्ट्र बैंकले बजारबाट तरलता संकलन गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले भदौ २२ गते आइतबार मध्यान्ह ३ बजे ‘बोलकबोल प्रणाली’मार्फत २५ अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ। यो रकम राष्ट्र बैंकले असोज १२ गतेसम्मका लागि लिनेछ, र सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई निर्धारित ब्याजदरमा भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणनफलमा प्रस्ताव पेस गर्नुपर्नेछ। यसरी आह्वान गरिएको कुल रकम सीमाभित्र मात्रै बोलकबोल गर्न पाइने व्यवस्था गरिएको छ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकको यो कदम मौद्रिक सन्तुलन कायम राख्न तथा ब्याजदरमा अस्थिरता आउन नदिन लक्षित रहेको विश्लेषकहरूले बताएका छन्।
Facebook Comment