आजको खग्रास चन्द्रग्रहण: समय, सूतक, असर र सावधानीबारे पूर्ण जानकारी

काठमाडौं । आज आइतवार भाद्र शुक्ल पूर्णिमाको दिन ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ। यो सन् २०२५ को सबैभन्दा महत्वपूर्ण खगोलीय घटना मध्ये एक मानिएको छ। ग्रहण नेपालसहित एशिया, युरोप, अफ्रिका, अमेरिका र अष्ट्रेलियामा आंशिक वा पूर्ण रूपमा देखिनेछ।

ग्रहणको समय (नेपाली समय अनुसार):

स्पर्श (ग्रहण सुरु): राति १०:११ बजे

मध्य: राति ११:५६ बजे

मोक्ष (ग्रहण समाप्त): मध्यरात १:४१ बजे

कुल अवधि: ३ घण्टा ३० मिनेट

यो ग्रहण आग्निकोण (दक्षिण–पूर्व) दिशाबाट सुरु भई नैऋत्य (दक्षिण–पश्चिम) दिशातर्फ समाप्त हुनेछ।

 सूतक समय:

चन्द्रग्रहणमा सूतक ९ घण्टाअगावै सुरु हुन्छ।

आज दिउँसो १:११ बजेपछि सूतक लागिसकेको छ।

सूतककालमा बालक, वृद्ध, रोगी र गर्भवती महिला बाहेक सबैले भोजन गर्नु निषेध मानिन्छ।

ग्रहणको समयमा निषेध गरिएको क्रियाकलाप:

भोजन पकाउने, खाने, काट्ने, भुट्ने

महत्त्वपूर्ण कागजातमा हस्ताक्षर

शुभकार्य सुरु गर्ने, मिटिङ गर्ने

भूमि खनन, दन्तमञ्जन, कपाल कोर्ने

देवताको मूर्ति र तुलसीको स्पर्श

गर्भवती महिलाले घरबाहिर ननिस्कनु

निस्कनै परेमा तुलसीपत्र, कुश वा चन्दन साथमा राख्नुपर्ने शास्त्रीय सुझाव

 ग्रहणको समयमा गर्न मिल्ने र फलदायी कार्यहरू:

नदी, पोखरी, तीर्थ स्थल आदि स्थानमा स्नान

दान, जप, ध्यान, मन्त्र साधना, होम

धार्मिक ग्रन्थ (गीता, उपनिषद्, पुराण आदि) को अध्ययन

भजन, कीर्तन सुन्ने वा गाउने

ब्रह्मचर्य र सकारात्मक सोचको पालना

ग्रहणको बेला मन्त्रजप र साधनाले साधारण अवस्थाको तुलनामा हजारौं गुणा बढी फल दिन्छ भन्ने विश्वास छ।

खानपान र सुरक्षासम्बन्धी उपायहरू:

पकाएको खाना ग्रहणको बेला नराख्ने

दूध, दही, घ्यू, अचार आदि सामग्रीमा तुलसीपत्र वा कुश राख्दा बिग्रँदैन

घरको मुख्य द्वार वा भान्छा नजिक गाईको गोबर राख्नाले विकिरणबाट सुरक्षा हुन्छ

 ग्रहण कुन नक्षत्रमा?

ग्रहण शताभिषा र पूर्वभाद्र नक्षत्र (कुम्भ राशि) मा परेको छ।

शास्त्र अनुसार, यस्तो ग्रहणपछिका ५ महिनासम्म यी नक्षत्रमा शुभकार्य निषेध हुन्छ।

विशेष असर:

शताभिषा र पूर्वभाद्र नक्षत्रमा जन्मिएका जातक

कुम्भ राशि र कुम्भ लग्न भएका व्यक्तिहरूलाई प्रतिकूल हुने सम्भावना

१२ राशिमाथिको ग्रहण प्रभाव:
राशि ग्रहणफल
मेष :  लाभ
वृष :  सुख
मिथुन :  मानहानि
कर्कट  : कष्ट
सिंह:  पीडा
कन्या :  सुख
तुला :  चिन्ता
वृश्चिक :  व्यथा
धनु  : श्रीप्राप्ति
मकर :  क्षति
कुम्भ :  घाता
मीन  : व्यय रहनेछ।
ग्रहण प्राकृतिक खगोलीय घटना हो, डर वा भ्रम पाल्नुपर्ने कारण छैन। तर, शास्त्रअनुसारका नियम र सावधानी अपनाउँदा सकारात्मक प्रभाव पर्न सक्छ।
यस खग्रास चन्द्रग्रहणले प्राकृतिक ऊर्जा, मानिसको मानसिक स्थिति, र वातावरणमा असर पार्ने भएकाले आत्मिक शुद्धता, सकारात्मक चिन्तन र धार्मिक आचरणले यसलाई पुण्यकालमा रूपान्तरण गर्न सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *