लम्कीचुहामा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाखभन्दा बढी क्षति

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

शुक्रबार राति करिब पौने ३ बजे कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आगो लाग्दा गोदाममा भण्डारण गरिएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन्। गोदाम लम्की निवासी कल्पना जैशीको स्वामित्वमा रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

आगलागीपछि लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि गोदाममा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएको छैन।

आगलागीको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *