एमालेमा सदस्य संख्या ६ लाख ६२ हजार नाघ्यो, कमिटी संरचना ६४ हजारभन्दा बढी

काठमाडौं । नेकपा एमालेमा नवीकरण भएका संगठित सदस्य संख्या ६ लाख ६२ हजार नाघेको छ । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनअनुसार हाल नवीकरण भएका सदस्य संख्या ६ लाख ६२ हजार ९६१ पुगेको हो । यो संख्या १०औं महाधिवेशनपछिको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार हाल एमालेभित्र ६४ हजार ७०६ कमिटी रहेका छन् । महासचिव पोखरेलले करिब १२ लाख ६९ हजारभन्दा बढी सदस्य रहेको उल्लेख गर्दै अझै करिब डेढ लाख सदस्य संगठित हुन बाँकी रहेको जानकारी दिए ।

हालसम्म ४ लाख २७ हजार १६ जना विभिन्न तहका कमिटीमा आबद्ध भएका छन् ।

प्रदेशगत कमिटी संरचना

कोशी प्रदेश : १४ जिल्ला, १३६ पालिका, १,१५७ वडा, ७,१०१ टोलसहित कुल ८,४०८ कमिटी ।

मधेस प्रदेश : ८ जिल्ला, १३६ पालिका, १,२७१ वडा, ६,५१५ टोलसहित कुल ७,९३० कमिटी ।

बागमती प्रदेश : १३ जिल्ला, १११ पालिका, १,१२१ वडा, १४,२०६ टोलसहित कुल १५,४५१ कमिटी ।

गण्डकी प्रदेश : ११ जिल्ला, ८५ पालिका, ७५९ वडा, ५,५६० टोलसहित कुल ६,४१५ कमिटी ।

लुम्बिनी प्रदेश : १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, ९,२६७ टोलसहित कुल १०,३७१ कमिटी ।

कर्णाली प्रदेश : १० जिल्ला, ७९ पालिका, ७१८ वडा, ६,४५३ टोलसहित कुल ७,२६० कमिटी ।

सुदूरपश्चिम प्रदेश : ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५,८५० टोलसहित कुल ६,६८१ कमिटी ।

यस्तै, सम्पर्क समन्वय संरचना अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा गरी ८२४ कमिटी रहेका छन् । प्रवासी नेपाली मञ्चमा ५ जिल्ला, ३६ पालिका, ७० वडा गरी १११ कमिटी छन् भने भारत शाखामा १० जिल्ला, १४१ पालिका, ४१६ वडा गरी ५६७ कमिटी रहेका छन् ।

पदाधिकारी र कार्यकर्ता संलग्नता

प्रतिवेदनअनुसार जिल्ला तहमा ९,७७४ जना, पालिकामा ४१,६३३ जना, वडा तहमा १ लाख ७४ हजार २४५ जना र टोल तहमा २ लाख १ हजार ३६४ जना कार्यकर्ता आबद्ध छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *