एमालेको परराष्ट्र नीति: मित्रता सबैसँग, शत्रुता कसैसँग छैन
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो परराष्ट्र नीति सात बुँदामा सार्वजनिक गर्दै स्पष्ट संकेत दिएको छ कि पार्टीको दृष्टिकोण ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने मान्यतामा आधारित छ।
पार्टीको प्रतिवेदनअनुसार एमालेको परराष्ट्र नीतिका मुख्य बुँदाहरू यसप्रकार छन्:
स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध
सबैसँग मित्रता, कसैसँग शत्रुता छैन
व्यापक सहयोग र साझेदारी
सार्थक क्षेत्रीय सहयोग
परिणाममुखी बहुपक्षीयता
स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता
न्यायपूर्ण, समतामूलक विश्वव्यवस्था तथा मानवतामा आधुनिक प्रविधिको प्रयोग
प्रतिवेदनमा उल्लेख छ, “विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रबीच ध्रुवीकरण र विभाजनका बहाना हुनुहुँदैन। हामी विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गर्नुपर्नेमा विश्वास गर्छौं। कुनै पनि देशले आफ्नो विचारधारा वा विकास मोडालिटी अरुमाथि लाद्ने प्रयास गर्न सक्दैन।”
साथै, प्रतिवेदनले सबै राष्ट्रको सार्वभौमता र राष्ट्रिय सम्मान समान रहेको पनि औँल्याएको छ। विवादहरुको शान्तिपूर्ण समाधान र श्रमिक वर्गको हितको दृष्टिकोणमा विश्व व्यवस्थालाई पुनः आकार दिन एमाले प्रतिबद्ध रहेको बताइएको छ।
एमालेको यो नीति स्पष्ट रूपमा मित्रतापूर्ण, समतामूलक र बहुपक्षीय साझेदारीमा केन्द्रित रहेको छ, जसले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा स्वतन्त्र र सन्तुलित पहिचान स्थापित गर्ने उद्देश्य राखेको देखिन्छ।
Facebook Comment