लिपुलेकको समाधान भारतसँगै खोज्ने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमानाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् ।

दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए ।

शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष ओली र चीनका राष्ट्रपति सीबीच दुई पक्ष भेटवार्तामा भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति असहमति जनाएका थिए ।

अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्टरुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’

आसन्न भारत भ्रमणप्रति लक्षित गर्दै अध्यक्ष ओलीले सीमा समाधान बारे भारतसँगै खोज्ने बताए । ‘खासमा लिपुलेक सीमाको बारेमा भारतसँग वार्ता गरेर समाधान खोज्ने हो । खासमा तेस्रो देशसँग कुरा गर्नुपर्ने थिएन । तर लिपुलेकमा भातरसँग व्यापार गर्ने सम्झौतामा चीनले हस्ताक्षर गरेकाले मैले त्यहाँ कुरा राखेँ’, अध्यक्ष ओलीले भने ।

आफूले राष्ट्रियताप्रति कुरा उठाउँदा केही ‘जान्नेसुन्नेहरुले’ गलत व्याख्या गरेको समेत उनले बताए । ‘हाम्रो देशको सीमा समस्या सम्बन्धमा विश्वसामु देखिने गरी, सुनिने गरी राख्नुपर्छ । त्यही मान्यताका अधारमा मैले चीनका राष्ट्रपति समक्ष राखेँ’, उनले भने, ‘कमरेडहरु ढुक्कले अघि बढ्नुहोस् । हाम्रो सफलतको मार्गमा छौं । देशको नेतृत्व गरिरहेका छौं । नेकपा एमालेलाई अझै सुदृत ढंगले अगाडि बढाउने हो ।’

चीनका राष्ट्रपति सीले जवाफमा नेपालको सार्वभौम सत्ता, सीमानामा नेपाल भारतको विषय कुटनीतिक वार्ताबाट समाधान गर्न र भौगोलिक अखण्डतामा सधै समर्थन रहने बताएको अध्यक्ष ओलीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *