आगामी निर्वाचनमा एमालेको बहुमत रोकिन्न : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई एकल बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले संगठनको सक्रियता र कार्यकर्ताको परिचालनमार्फत एमालेलाई बहुमत ल्याउन सकिने विश्वास व्यक्त गरे।

“०८४ सालमा हामीले कम्तीमा एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनताबीच सक्रियतापूर्वक गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन,” ओलीले भने।

उनले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने दाबी गर्दै सरकारकै उपस्थितिमा धाँधलीको कुनै सम्भावना नहुने स्पष्ट पारे।
“हामी सरकारमा छौं, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन। सरकारमै रहेर हामी धाँधली रोक्नेछौं,” प्रधानमन्त्री ओलीले जोड दिए।

त्यसैगरी, उनले नेता–कार्यकर्तालाई परिस्थिति अनुकूल रणनीति बनाएर संगठनलाई अझ सबल बनाउँदै अघि बढ्न निर्देशनसमेत दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *