नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा अडिएको छ। बुधबारको कुल कारोबार रकम ४ अर्ब रुपैयाँमा सीमित रह्यो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक १९ अंकले घटेको थियो।

यस दिन ३२६ वटा स्क्रिप्सको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ९६० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ३९ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो।

हिम स्टार उर्जा कम्पनीको सेयर बुधबार सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावरको सेयर ७.०३ प्रतिशतले वृद्धि भयो।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। लिबर्ट्री इनर्जीले २७ करोड रुपैयाँको, हिमालयन रिइन्स्योरेन्सले २४ करोड, र पञ्चकन्या माइ हाइड्रोपावरले १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरे।

बुधबार अधिकांश समूहको उपसूचक नकारात्मक देखियो। म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक भने बढेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *