इंग्लिस प्रिमियर लिगमा आज चार रोमाञ्चक भिडन्त
काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबल अन्तर्गत आज चार रोमाञ्चक खेल हुँदैछन्।
नेपाली समयानुसार बेलुकी पौने ७ बजे दुईवटा खेल हुनेछ। पहिलो खेलमा ब्राइटनले शक्तिशाली म्यानचेस्टर सिटीको चुनौती सामना गर्नेछ भने अर्को खेलमा नटिङ्घम फरेस्ट र वेस्ट ह्याम आमनेसामने हुनेछन्।
यस्तै, राति सवा ९ बजे लिभरपुल र आर्सनलबीच हुने खेललाई सुपर हिट भिडन्तका रूपमा हेरिएको छ। राति पौने १२ बजे एस्टन भिला र क्रिस्टल प्यालेसबीचको खेलले आजको कार्यक्रम टुंगिनेछ।
यसअघि गएराति भएका खेलमा चेल्सीले फुलहमलाई, एभर्टनले उल्भ्सलाई, बर्नमाउथले टोटनहमलाई, म्यानचेस्टर युनाइटेडले बर्नलीलाई र सन्डरल्यान्डले ब्रेन्टफर्डलाई पराजित गरे। त्यस्तै, युनाइटेड र न्युक्यासलबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
Facebook Comment