माग्नेका सबै चलचित्र हेर्ने नुर र नाभ्या, आज हलमा भेटेपछि के के भने ?
यी दुई तस्बिर हेर्नुहोस् । जहाँ एक व्यक्ति दुवै तस्बिरमा छन् उनलाई चिन्न तपाईंलाई असहज पक्कै भएन होला, अर्थात अहिले चलिरहेको चलचित्र माग्ने राजाका नायक माग्ने बुढा (केदारप्रसाद घिमिरे)।
त्यही तस्बिरमा भएका अरु को होलान् ? तर यी दुवै तस्बिरमा भएका एकै व्यक्ति हुन् । परिवेस, ठाउँ र समयमात्र फरक ।
अहिले केदार अभिनित चलचित्र चलिरहेको छ। दर्शकको साथ पनि पाइरहेको छ । यी नै दर्शकलाई धन्यवाद भन्न र प्रतिक्रिया सुन्न केदार विभिन्न हलमा पनि कुदिरहेका छन् ।
लडेर घाइते भए पनि उनी दर्शकसँगको भलाकुसारीमा दौडिरहँदा दुई जना फोटो खिचाउन आए ।
केदारले सुरुमा त अन्य जस्तै माग्ने राजा हेर्ने दर्शकका रुपमा मात्र उनीहरूलाई लिए र फोटोलाई फोज दिए ।
पछि कुराकानीका क्रममा थाहा भयो उनीहरू यो चलचित्रमामात्र होइन् यसअघि माग्ने अभिनित छक्कापञ्जा-२ पनि हेरेर केदारसँग तस्बिर खिचाउने दाजुबिहीनी रहेछन् ।
कालिकास्थान निवासी नुर ढुंगाना र नाभ्या ढुंगानाले आफूले अभिनय गरेका सबै चलचित्र हेर्नेगरेको थाहा पाएपछि उनी थप खुसी भएर उनीहरूका रुचीका विषय केदारले चासो राखेका थिए ।
नुर र नाभ्यालाई भेटेको सन्दर्भले आफूमा अथाह खुसी मिलेको भन्दै यो खुसीलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘छक्कापन्जा-२ हेर्न आएका बेला खिचिएको फोटो र माग्ने राजा हेर्न आउँदाको फोटोमा निकै फरक । उहाँहरु कालिकास्थान निवासी नुर ढुङ्गाना र नाभ्या ढुङ्गाना हाम्रा सबै चलचित्र हेर्नुहुँदोरहेछ । धन्यवाद ।’
Facebook Comment