तनहुँमा मकै बीउ उत्पादन र प्रवर्द्धन कार्यक्रम सञ्चालन, चार हजार ८५ रोपनी क्षेत्रफलमा विस्तार

काठमाडौं । तनहुँ जिल्लामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम व्यापक रूपमा सञ्चालनमा आएको छ। कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० वटा कृषक समूहमार्फत ४,०८५ रोपनी क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गरेको हो।

केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार प्रदेश सरकारअन्तर्गत कृषि, भूमि तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममा सहभागी हुन प्रत्येक क्लस्टरमा कम्तीमा १०० रोपनी क्षेत्रफलको जग्गा हुनु पर्नेछ।

कार्यक्रमका लागि छुट्याइएको ६८ लाख रुपैयाँ बजेटमध्ये ३९ लाख २ हजार रुपैयाँ खर्च भइसकेको छ। कार्यक्रममा सहभागी कृषक समूहलाई ५० देखि ८५ प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्रीहरू उपलब्ध गराइएको लामिछानेले जानकारी दिनुभयो।

उनका अनुसार समूहहरूलाई मकै बीउ उत्पादनका लागि ५,४१४ किलो बीउ वितरण गरिएको छ। साथै, ३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, ४२० थान त्रिपाल र २०० मिटर कुलो समेत वितरण गरिएको छ।

कार्यक्रम सञ्चालन गरेका केही मुख्य समूह र क्षेत्रफल यसप्रकार छन्:

आँबुखैरेनी–६, एकता कृषक समूह – १०० रोपनी

घलडाँडा कृषक समूह – ४०० रोपनी

गाउँघर कृषक सहकारी, आँबुखैरेनी–२ – २०० रोपनी

मिलीजुली कृषि तथा पशुपालन समूह, ऋषिङ–३ – १२० रोपनी

कालीगण्डकी कृषि सहकारी, घिरिङ – १५० रोपनी

हिमशिखर बहुउद्देश्यीय सहकारी, बन्दीपुर – १०० रोपनी

आँधीमूल तरकारी उत्पादक सहकारी, बन्दीपुर – ३०० रोपनी

पिपलटार कृषक समूह, व्यास – १०० रोपनी

हरियाली फलफूल तथा तरकारी कृषक समूह – १६० रोपनी

जौबारी कृषक समूह – १०० रोपनी

बर्लाची कृषि उत्पादक सहकारी – ४०० रोपनी

पोखरीडाँडा कृषक समूह – १०० रोपनी

अन्नपूर्ण कृषि उत्पादक सहकारी – १०० रोपनी

साथ फलफूल तथा कृषि सहकारी, भानु – ४०० रोपनी

नवआकृति बहुउद्देश्यीय कृषक समूह – १५० रोपनी

समता कृषि सहकारी – ३०० रोपनी

फाउदी कृषि सहकारी – ५०० रोपनी

नेपानेटारी कृषक समूह, म्याग्दे – १०५ रोपनी

माहिन्द्री गङ्गा कृषि सहकारी – २०० रोपनी

नमूना कृषि तथा पशुपालन समूह, म्याग्दे – १०० रोपनी

कृषि ज्ञान केन्द्रले यस्तो कार्यक्रममार्फत जिल्लामा मकै बीउको उत्पादनमा आत्मनिर्भरता बढाउँदै कृषकहरूलाई प्राविधिक र आर्थिक सहयोग पुर्‍याइरहेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *