स्वास्थ्य बीमा समयमै नवीकरण नगरे थप शुल्क लाग्ने, असोज मसान्तभित्र नवीकरण गर्न आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले पुराना बीमितहरूलाई आफ्नो बीमा समयमै नवीकरण गर्न पुनः स्मरण गराएको छ। बोर्डले 2082 सालको असोज मसान्त (२०८२/०६/३१) भित्र नवीकरण गरेमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ।

बोर्डका अनुसार यस अवधिभित्र नवीकरण गर्नेहरूले नियमित योगदान रकम मात्र तिरेर बीमा निरन्तरता पाउनेछन्। तर सो म्यादपछि नवीकरण गर्न चाहनेले समय अनुसार थप शुल्क तिर्नुपर्नेछ।

बोर्डले दिएको विवरण अनुसार, नवीकरण ढिलाइ भएसँगै शुल्क यसरी बढ्दै जान्छ:

३ महिनाभित्र नवीकरण गर्दा – योगदान रकममा १०% थप

६ महिनाभित्र – ३०% थप

१ वर्षभित्र – ५०% थप

१ वर्षपछि – १००% थप

२ वर्षपछि – तीन गुणा

३ वर्षपछि – चार गुणा

स्वास्थ्य बीमा नवीकरण ई–सेवा, खल्ती, कनेक्ट–आइपीएस वा नजिकको दर्ता सहयोगीमार्फत सहज रूपमा गर्न सकिनेछ।

बोर्डले नागरिकहरूलाई स्वास्थ्य सेवामा अवरोध नआओस् भनेर समयमै बीमा नवीकरण गर्न अनुरोध गरेको छ। निर्धारित समयभित्र नवीकरण नगर्दा आर्थिक भार बढ्ने भएकाले सावधानी अपनाउन बोर्डको आग्रह छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *