लिपुलेक–लिम्पियाधुरा विवादमा ढुक्कसँग कुरा गर्न स्वर्ण अवसर : नेता बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक–लिम्पियाधुरा सम्बन्धी विषयमा भारत र चीन दुवै देशले नेपाललाई मतलब नराख्ने नीति लिएको कुरामा नेपाली नेताहरू र कूटनीतिज्ञहरू जानकार रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणलाई उनले यो विषयमा स्पष्ट रुपमा कुरा गरेर समाधान निकाल्ने ‘स्वर्ण अवसर’ भएको बताएका छन्। बास्कोटाका अनुसार यति ठोस रूपमा कुरा उठाउने क्षमता अरु नेतामा छैन।
बास्कोटाले चिनियाँ उखान उद्धृत गर्दै भनेका छन्, “मिचाहालाई एक इन्च मिच्न दिए, एक माइल मिच्छ।” उनले यही सन्दर्भमा लिपुलेक–लिम्पियाधुरा विवाद समाधान गर्न ढुक्कका साथ पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
Facebook Comment