कैलाली कारागारमा थुनुवाको मृत्यु

काठमाडौं । कैलाली कारागारमा थुनुवा रामकिसन चौधरीको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–४ निवासी ५६ वर्षीय चौधरीको आज दिउँसो निधन भएको कारागार प्रशासनले जानकारी दिएको छ।

टाउको दुख्ने र रिंगटा लाग्ने समस्या देखिएपछि उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। अस्पताल पुर्‍याएपछि केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए, कारागार प्रमुख प्रकाश ढुङ्गानाले बताए।

मृत्युको कारण भने अझै खुल्न नसकेको जनाइएको छ। चौधरी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *