गाजामा इजरायली आक्रमण: चार पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । गाजाको दक्षिणी भागमा रहेको नासेर अस्पताल नजिकै इजरायली सेनाले गरेको आक्रमणमा परेर सोमबार चार जना पत्रकारसहित कम्तीमा १५ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार, इजरायली सेनाले अस्पताललाई लक्षित गर्दै आक्रमण गरेको हो।

मृतकहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू थिए, जो गाजाबाट समाचार संकलन गरिरहेका थिए।
समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु पुष्टि गरेको छ। अन्य मृतक तीन जना पत्रकारहरू अल जजिरा, एसोसिएटेड प्रेस (एपी) र एनबीसीका लागि कार्यरत थिए।

यो घटनाले युद्धग्रस्त गाजामा सञ्चारकर्मीहरू पनि उच्च जोखिममा रहेको पुष्टि गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *