नेपालमा पलकको कन्सर्ट

काठमाडौँ । बलिउड गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने भएकी छन् । आगामी १९ सेप्टेम्बरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू सुनाउने छिन् ।

कार्यक्रमको प्रस्तुति वल्र्डवाइ फिल्म्स नेटवर्क प्रालिले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ ।

आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ । विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका सेलिनेडी मटहरीले पनि आफ्नो प्रस्तुति दिने छिन् । उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउँछिन् ।

आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । कार्यक्रममा नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *