पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै डेढ घण्टापछि सञ्चालनमा आएको छ।

शनिबार बिहान करिब ६:३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा अवरोध हटाइएपछि बाटो खुलाइएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

सडक सुचारु भएसँगै रोकेर राखिएका गाडी र यात्रुहरू गन्तव्यतर्फ लागेका छन्। तुइनखोलाको सो भागमा पटक–पटक पहिरो खस्ने गरेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन प्रभावित हुने समस्या निरन्तर आइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *