तपाईंहरूको एउटा टिकट, एउटा प्रतिक्रिया नै मेरो लागि संसार बराबर हुनेछ: लामिछाने

काठमाडौं । निर्देशक ऋषि लामिछानेले फिल्म हल पुगेर निर्माणका क्रममा भोगेका अनुभव दर्शकमाझ साटेका छन् ।

लामिछाने निर्देशिक चलचित्र माग्ने राजा भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आएको छ । उनले आफ्नो अनुभव सुनाउँदै एक पटक आफूहरुले गरेको मेहनतको प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

निर्देशक लामिछानेले भनेका छन्, ‘मैले मेरो काम गरेर देखाइसकेको छु, अब तपाईंहरूको पालो हो। हलमा पुगेर आफ्नो फिल्मझैँ अनुभव दिनुहोस्। तपाईंहरूको एउटा टिकट, एउटा प्रतिक्रिया नै मेरो लागि संसार बराबर हुनेछ।’

लामिछानको आग्रह झै दर्शकले पनि यो चलचित्रलाई माया गरेका छन् । रिलिजअघि नै फिल्मले उत्साहजनक प्रतिक्रिया पाइसकेको टिजर र ट्रेलरले लाखौं भ्युज बटुलेका छन् । चर्चित गीत ‘म त सुतेर उठेको पैसामा’ भाइरल नै भएको छ । अनलाइनहरूमा आएका प्रतिक्रियामा पनि दर्शकले भनेका छन्, ‘माग्ने राजा’ केवल हाँसाउने फिल्म होइन, जीवन देखाउने र सोच्न बाध्य बनाउने फिल्म हो। युवापुस्ताबाट विशेष प्रतिक्रिया आएको छ,‘यो हाम्रो पुस्ताले हलमा पुगेर हेरिहाल्नुपर्ने मुभी हो।’

उनीहरूले भनेका छन्, ‘हास्दै–हास्दै आँसु झार्ने कथा हो यो, जसमा आम नेपालीको वास्तविक जीवन झल्किन्छ।’ ‘केदार घिमिरेलाई यस्तो गहिरो भूमिकामा देख्दा गर्व लाग्छ, फिल्म हलमा पुगेर हेर्नैपर्छ,’ हलबाट बाहिरिएका दर्शकले भनेका छन् ।

‘माग्ने राजा’ अहिले देशभरका हलहरूमा लागिसकेको छ। युवादेखि परिवारसम्म सबैका लागि हेर्नैपर्ने चलचित्रका रूपमा यसको चर्चा भइरहेको छ। जसरी ट्रेलरमा दर्शकले माया दिए, त्यसरी नै हलसम्म पुगेर साथ दिए यो फिल्म पर्दामा मात्र होइन, हरेक दर्शकको हृदयमा अमर बन्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *