इलामको खानेपानी कार्यालय फिर्ता गर्न सांसद सुहाङ नेम्वाङको माग

काठमाडौं । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्य जिल्लामा सारिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो निर्णयले जनताको सेवा पाउने अधिकारमा गम्भीर असर पर्ने बताए।

सांसद नेम्वाङका अनुसार, उक्त कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथरका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको थियो। कार्यालय सारिँदा जनताले सहजै सेवा पाउने पहुँच गुमेको र सम्पूर्ण सेवा प्रवाह कमजोर हुने खतरा बढेको उनको भनाइ छ।

उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो भन्दै कार्यालयलाई टाढा नभई अझै नजिक ल्याएर जनतालाई सहज सेवा दिनुपर्नेमा जोड दिए। उनले सरकारलाई यथाशीघ्र उक्त कार्यालय इलाममै कायम गर्न वा त्यसको विकल्पमा पूर्ण सेवायुक्त कार्यालय स्थापना गर्न माग गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *