६ उत्कृष्ट स्थानीय तहलाई सम्मान गर्ने सरकारको तयारी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याएका ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। यही भदौ ६ गते मन्त्रालयले एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गर्ने जनाएको हो।

गाउँपालिका र नगरपालिकाको कार्यसम्पादन तथा उपलब्धिलाई मूल्याङ्कन गर्ने, सुधारका क्षेत्र पहिचान गर्ने र स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले यो मूल्याङ्कन प्रणाली लागू गरिएको हो।

उत्कृष्ट घोषित भएका स्थानीय तहहरू गुणस्तर परीक्षणपछि कायम भएको अन्तिम नतिजा अनुसार उत्कृष्ट घोषित भएका स्थानीय तहहरू यसप्रकार छन्:

खैरहनी नगरपालिका, चितवन

तिलोत्तमा नगरपालिका, रूपन्देही

नीलकण्ठ नगरपालिका, धादिङ

अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा

बेनीघाट रोराङ गाउँपालिका, धादिङ

रुरुक्षेत्र गाउँपालिका, गुल्मी

यी स्थानीय तहहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गरिने कार्यक्रम तय भएको छ। सोही अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको पनि शुभारम्भ गरिनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *