बाँदरको आक्रमणबाट नुवाकोटमा एक किसानको मृत्यु
काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिका-२, कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट ज्यान गएको छ।
बुधबार बिहान आफ्नै बारीमा मकै खाइरहेका बाँदरको बथान धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो। वडाध्यक्ष रामशरण श्रेष्ठका अनुसार, १०० भन्दा बढी बाँदरको समूहले एक्कासी आक्रमण गर्दा नेपाली अचेत भएका थिए।
गम्भीर घाइते भएका नेपालीलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
Facebook Comment