राष्ट्रिय सभामा बहुमत पुगेपछि मात्र संविधान संशोधन हुन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभामा सत्तारूढ दलहरूको बहुमत भएपछि मात्रै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको लागि अहिले वातावरण नबनेको उल्लेख गरे। पोखरेलले भने, ‘संविधान संशोधनजस्तो विषय हतारमा प्रवेश गर्ने कुरा होइन, त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्छ।’

उनले थपे, ‘अहिले राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत छैन। तर, करिब ६ महिनापछि राष्ट्रिय सभामा १९ सिट रिक्त हुँदा हामी दुई दल मिलेर सफलता हासिल गर्नेछौं। त्यसपछि मात्र हामी संविधान संशोधनको विषयमा प्रवेश गर्नेछौं।’

साथै, पोखरेलले नेपाली कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको पनि दाबी गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *