नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पाको उम्मेद्वारी
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा फुर गेल्जे शेर्पाले उम्मेद्वारी दर्ता गरेका छन्। निर्वाचन अधिकृत विकास ठकुरी मल्लका अनुसार आइतबार उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएको हो।
“पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेद्वारी” भन्ने नारासहित शेर्पाको नेतृत्वमा बनेको समूहले उम्मेद्वारी दर्ता गरेको हो। आरोही, व्यवसायी र पर्यटन विज्ञलाई समेटेर बनेको यस समूहले संघलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको हिमालयन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
शेर्पाको प्यानलमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा रहेका छन्।
त्यस्तै, सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे उम्मेदवार बनेका छन्।
बुक होल्डर सदस्यतर्फ आङ थिन्डु शेर्पा, सोना तेम्वा शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र फुर्वा ओङदी शेर्पाले उम्मेदवारी दिएका छन्।
मनोनयन दर्तापछि छोटो प्रतिक्रिया दिँदै अध्यक्षका प्रत्यासी शेर्पाले आफ्नो टिम सबै हिसाबले समावेशी, सक्षम र व्यावसायिक भएकाले जित सुनिश्चित हुने दाबी गरे।
Facebook Comment