गुलाबसा खातुन हत्या प्रकरणका एक अभियुक्तको कारागारमै मृत्यु

काठमाडौं । महोत्तरी जिल्ला कारागारमा रहेका बर्दिबास नगरपालिका-१४ का ६० वर्षीय राजकिशोर साहको निधन भएको छ। बर्दिबासकी ६ वर्षीया बालिका गुलाबसा खातुनको बलात्कार र हत्या प्रकरणमा संलग्न साहको अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

२०७७ मंसिर ७ गते भएको सो घटनामा साहलाई प्रहरीले ५ वर्षपछि ०८२ असार १५ गते पक्राउ गरेको थियो। बालिकाको बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका साहका छोरा अरुणकुमार साह पनि सोही कारागारमा छन्।

प्रहरीका अनुसार, छोराले बालिकाको हत्या गरेपछि बुवा राजकिशोरले शव लुकाउन सहयोग गरेका थिए। घटनापछि उनी भारतमा लुकेर बसेका थिए। यस घटनामा संलग्न उनकी ५१ वर्षीया श्रीमती सुशीलादेवी साह सिन्धुली जिल्ला कारागारमा छिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *