आज सुन चाँदीकै भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबार सुन प्रतितोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *