‘पहाडको छोरो’ सार्वजनिक

काठमाडौं । सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरको छवि बनाएका गणेश देवकोटा (जीडी) गीतकार र गायकका रुपमा देखिएका छन् । उनले भर्खरै ‘पहाडको छोरो’ गीत सार्वजनिक गरे।

फैजी फिल्म प्रडक्सनले तयार पारेको ‘पहाडको छोरो’ गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिकपछि उनले भने, ‘आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ‘पहाडको छोरो’ गीत सार्वजनिक गरेको हो ।’

यो गीतमा आफ्नो जीवनको कथा संघर्ष र सफलतालाई समावेश गरिएको उनले बताए ।

रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको उनले बताए । आफ्नै शब्दको गीतमार्फत दर्शकसँग जोडिएको उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *