सेयर बजारमा लगातार गिरावट, कारोबार रकम पनि घट्दै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि जारी रह्यो। अघिल्लो दिन मंगलबार २६.२२ अंकले घटेको नेप्से परिसूचक यसदिन १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा अडिएको छ।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३२१ स्क्रिप्सको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँमा खरिदविक्री भए। मंगलबार ६ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
युनाइटेड मोदी हाइड्रोपावरले २७ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टले २४ करोड,एनआरएनले १९ करोड र नेपाल रिइन्स्योरेन्सले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये १५९ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचक बढ्दा अन्यको घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, म्युचुअल फण्ड र अदर्श समूहको उपसूचक सकारात्मक देखिदा अन्य समूहको उपसूचक नकारात्मक देखिए।


 
 						 Intro Nepal
Intro Nepal										 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment